२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

काङ्ग्रेस नेता बिष्ट नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनीत


  • २०८० अषाढ ४, सोमबार मा प्रकाशित १ साल अघि
  • ३४७ पाठक संख्या
  • बेलौरी ,०४ असार। नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता तथा महाधिवेशन प्रतिनिधि हरेन्द्र सिह विष्ट मनोनित हुनुभएको छ । नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले सोमबार जारी गरेको मनोनयन पत्रका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ०६ का स्थानीय तथा कञ्चनपुरका काँग्रेस युवा नेता हरेन्द्र सिह विष्टलाई नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनीत गरेको हो ।

     

    सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेबारी बिष्टलाई दिएको किसान महासंघ केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिम्लिसिनाद्वारा जारी मनोनीत पत्रमा उल्लेख गरिएको छ । नेता बिष्टले दिईएको जिम्मेवारी कुसलताका साथ निर्वाह गर्ने र किसानको हकहितका विषयमा सधै अग्रसर अनि कटिबद्ध भएर काम गर्ने बताउनु भएको छ ।यस्तै प्रदेशका सबै जिल्लामा अधिबेशनको प्रक्रियालाई पनि छिट्टै अगाडी बढाउने उहाले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट