२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरी नगरपालिका कार्यालयको सूचना अधिकारीमा राजेन्द्र बिष्ट नियुक्त


  • २०८० अषाढ ४, सोमबार मा प्रकाशित २ साल अघि
  • ११६४ पाठक संख्या
  • बेलौरी, ०४ असार । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयले चौतर्फी दबाबपछि शुक्रबार सूचना अधिकारी नियुक्त गरेको छ । बेलौरी नगरपालिका कार्यालयमा कार्यरत सब इन्जिनियर राजेन्द्र बिष्ट लाई सूचना अधिकारी नियुक्त गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिनुभएको छ।

    केही महिना अगाडि सूचना अधिकारी हरि प्रसाद बोहराले राजिनामा दिएपछि बेलौरी नगरपालिका कार्यालय सूचना अधिकारी बिहिन थियो।बेलौरी नगरपालिकामा सूचना अधिकारीको व्यवस्था नहुँदा निवेदकहरूलाई असुविधा हुने गरेको थियो । बेलौरी नगरपालिका कार्यालयमा सूचना अधिकारीको व्यवस्था भएसँगै आम नागरिकले आफ्नो र सार्वजनिक सरोकारका विषयमा सूचना तथा विवरण माग गर्न सक्ने बाटो खुलेको छ ।
    नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ । उक्त धारामा “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानुन बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।” भनी उल्लेख गरिएको छ । राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले व्यवस्थापिका–संसद्ले सूचनाको हक सम्बन्धी ऐन, २०६४ समेत बनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट