बेलौरी ,०१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा कञ्चनपुरको बेलौरीमा पनि पार्टी स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ । पार्टीको प्रथम स्थापना दिवसको अवसरपारेर राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर समितिले पनि नगर भित्रका केही बिद्यालयहरुमा शुक्रबार वृक्षारोपण गरेको हो । बेलौरी नगरपालिका भित्र सञ्चालित ०७ वटा सामुदायीक बिद्यालयहरुमा २५ वटा बिरुवाहरु पार्टीका नेता कार्यकर्ता र बिद्यालयका कर्मचारीहरुको उपस्थितिमा शुक्रबार वृक्षारोपण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर समितिका सभापति बिष्णु प्रसाद शर्माले बताउनुभयो । यस्तै बेलौरी नगरपालिका भित्र रहेका १० वटै वडाको वडा भेला शनिबार नगर भित्रका तिन वटा स्थानमा आयोजना गरिने पनि सभापति शर्माले बताउनु भएको छ । यस्तै रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा तेस्रो दिन सार्वजनिक स्थल तथा अस्पतालमा सरसफाई र सातौँ दिनमा बेलौरी बजारमा रहेको भिमदत्त चोकमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम तयार भएको राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस