२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र बेलौरी नगरपालिका मुखदर्शक


  • २०८० अषाढ १, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५८८ पाठक संख्या
  • बेलौरी , कञ्चनपुर, १ असार । कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र पारेर महिनौँदेखि ठेकेदार गुमनाम भएका छन् । बेलौरी बजारमा अवस्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणका लागि आर्थिक वर्ष २०७७।०७८ मा बेलौरी नगरपालिकाले ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रा.लि. नामक निर्माण कम्पनीसँग रु. ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो । सुरुमा ३ महिनाको म्याद राखी सम्झौता गरिए पनि त्यसयता ६–६ महिनाको म्याद थप्दै जाँदा समेत हालसम्म निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन । निर्माण कम्पनीका प्रतिनिधि ड्रेन निर्माणको काम २/३ महिनादेखि अधुरै अलपत्र अवस्था छोडेर बेपत्ता हुँदा समेत नगरपालिका कार्यालय मुकदर्शक देखिएको छ।

    निर्माण कम्पनीले समयमै काम नगर्दा बजार क्षेत्र कुरूप मात्रै भएको छैन, उक्त गल्लीको व्यापार व्यवसाय समेत एक वर्षयता प्रायः ठप्प छ । निर्माण कम्पनी र बेलौरी नगरपालिकाको चरम लापरबाहीले काममा ढिलासुस्ती हुँदा बेलौरी बजारवासी आजित भइसकेका छन् । उक्त ड्रेनको निकास समेत नहुँदा ड्रेन निर्माणको औचित्य माथि नै प्रश्न उठ्ने गरेको छ । बजार क्षेत्रमा निर्माण सामग्री यत्रतत्र छोडिएको छ । ड्रेन निर्माण कार्य पनि अलपत्र हुँदा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।

    वर्षातको पानी निकासका लागि निर्माण भइरहेको ड्रेन बन्न नपाउँदै केही बजारवासीले ढल समेत मिसाउन थालेका छन् । निर्माणको जिम्मेवारी दिने बेलौरी नगरपालिका कार्यालय भने मुखदर्शक बनेको छ । आमसञ्चारमाध्यम, बजारका व्यवसायी तथा स्थानीय नागरिकहरूले पटक पटक ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले हालसम्म कुनै कदम चालेको देखिँदैन । दुई महिना अघि नै निर्माण कम्पनीका प्रतिनिधिहरू काम अलपत्र छाडेर सम्पर्कविहीन भएको अवस्थामा नगरपालिकाले के गरिरहेको छ।आफैँले ठेक्का लगाएको योजना अलपत्र पर्दा समेत नगरपालिका कार्यालयले देखाएको उदासीनताको चौतर्फी आलोचना हुने गरेको छ । सडक किनारमा ड्रेन नहुँदा वर्षातको समयमा आएको पानीले बजार क्षेत्र डुबानमा पर्ने समस्या समाधानका लागि ड्रेन निर्माण गर्न लागिएको भए पनि उक्त ड्रेन निकासको अन्तिम बिन्दु भने बेलौरी नगरपालिकाले अझै पहिल्याउन सकेको छैन । बजार क्षेत्रको पानी बग्ने नालाहरू केही व्यक्तिहरूले अतिक्रमण समेत गरेको पाइएको छ। वर्षात समय सुरु भैसकेको छ।स्थानीय भन्छ्न नगरपालिकामा पटकपटक निर्माणको काम समय मै सप्पन्न गरिदिनपर्यो भन्यौं स्थानीय सरकारले सुनेको नसुनेको गर्यो।अब पछुताउनुको विकल्प छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट