२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

विभिन्न माग राख्दै नेपाल शिक्षक संघ बेलौरीद्धारा नगर प्रमुखलाई ज्ञापनपत्र पेश


  • २०८० जेष्ठ ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • ३०६ पाठक संख्या
  • कञ्चनपुर,३१ जेठ । नेपाल शिक्षक संघ बेलौरी नगर कार्य समितिले शिक्षक तथा विद्यालय कर्मचारीका विविध बिषयमा बेलौरी नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच ज्ञापन पत्र बुझाएको छ ।

    बुधबार नेपाल शिक्षक संघ नगर कार्यसमितिले बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई पालिका भित्रका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय, उत्पादनमुखी शिक्षा, शिक्षक कर्मचारीको माग र मुद्दासहित विविध विषयमा ज्ञापनपत्र बुझाएको शिक्षक संघका सभापति सुरेन्द्र बोहराले बताउनुभयो ।ज्ञापनपत्र पत्र बुझ्दै नगरप्रमुख चौधरीले उचित मागहरु छलफल गरि पूरा गर्ने जनाउनुभयो। कार्यक्रममा नेपाल शिक्षक संघका नेता दिपेन्द्र राय तथा नेपाल शिक्षक संघ बेलौरी नगर कार्यसमितिका सदस्यहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक संघ नगर कार्यसमिति सचीव कल्याण थापाले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट