२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

उदयदेव मिडिया प्रा.लि.को साधारणसभा सम्पन्न अध्यक्षमा कृष्ण बहादुर चन्द चयन


  • २०८० जेष्ठ २८, आईतबार मा प्रकाशित २ साल अघि
  • ४९४ पाठक संख्या
  • बेलौरी , जेठ २८ । कञ्चनपुरको बेलौरीमा रहेको उदयदेव मिडिया प्रा.लि. को विशेष साधारण सभाबाट कृष्ण बहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार महाकाली माविको प्राङ्गणमा आयोजित प्रा.लि. को विशेष साधारण सभाको बन्द सत्रबाट अध्यक्षमा कृष्ण बहादुर चन्द, उपाध्यक्षमा लक्ष्मी देवी बिष्ट, सचिवमा प्रेम बहादुर थापा, कोषाध्यक्षमा माधव पौडेल तथा सदस्यहरूमा धोकराज राना, ललित चन्द र राजमति बम चन्द सर्वसम्मत रूपमा चयन हुनु भएको हो ।

    नयाँ कार्य समिति गठन गर्नु पूर्व तत्कालीन अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा सञ्चालित विशेष साधारण सभाको खुला सत्रलाई सम्बोधन गर्ने वक्ताहरूले पछिल्लो समयमा रेडियो प्रसारणका क्रममा देखिएका समस्या, चुनौती, सम्भावना र अवसरका बारेमा चर्चा गर्दै सञ्चारमाध्यम सञ्चालनमा अझै एकढिक्का र सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । बन्द सत्रमा सचिव भोजराज खरेल, कोषाध्यक्ष माधव पौडेल र रेडियो बेलौरीका स्टेशन म्यानेजर हिक्मत कुमार शाहीले सभामा प्रस्तुत गर्नु भएको प्रतिवेदन सहित केही महत्त्वपूर्ण प्रस्तावहरू समेत पारित गरिएको बताइएको छ । वि.सं. २०७१ बैशाख १२ गतेका दिन कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई बेलौरी नगरपालिका वडा नम्बर ६ क्याम्पस रोडमा स्थापना भएको प्रा.लि. ले विगत ८ वर्ष देखि रेडियो बेलौरी प्रसारण गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट