२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरीका सामुदायिक र सस्थागत विधालयमा ५ दिन गर्मी बिदा


  • २०८० जेष्ठ २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७०९ पाठक संख्या
  • बेलौरी जेठ २५। कञ्चनपुरको बेलौरी नगरपालिकाले ५ दिनका लागी गर्मी बिदा दिएको छ। नगरपालिकाले सामुदायिक र सस्थागत बिद्यालय लाई अनुरोध गरिएको छ।
    अत्याधिक गर्मी हुनथालेपछि नगरपालिकाले ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीवार एक सुचना जारी गर्दै भोलि जेठ २६ गते देखि ३० गतेसम्म बिद्यालय बन्द रहनेछ ।

    केही दिन यता बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न निर्णय गरेको बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट