माधब पौडेल ,जेठ १५।कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ दोदा नदीवारी राम जानकी वन बाटिकामा लाग्ने गङ्गादशहरा मेलाको सोमबार विधिवत रुपमा उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रम को सभापति अमरज्योती युवा क्लबका अध्यक्ष मदन राना प्रमुख अतिथिमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना विशिष्ट अतिथीमा लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी राना , लालझाडी गाउँपालिका अन्तर्गत का सम्पुर्ण वडाध्यक्ष, भल्मन्सा, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो।
लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् लालझाडी मा पहिलो पटक गङ्गादशहरा मेला अमरज्योती युवा क्लबले आयोजनामा हुन लागेको हो।लालझाडी गाउँपालिका वडा नम्बर २ को दोदा नदिवारी रामजानकी वन बाटिकामा भव्य रुपमा मनाउन र मेला थप व्यवस्थित गर्न र लालझाडीलाई धार्मिक पर्यटकिय रुपमा चिनाउनका लागि मेला संचालन गरिएको र मेलामा बाल उद्यान सहितका विभिन्न साँस्कृतिक कार्यक्रम , स्टलहरुको व्यवस्था गरिएको मेला व्यस्थापक समितिका सयाेजक बिनोद चौधरीले जानकारी दिनुभयो । गङ्गा दशहरा मेला १५ जेठदेखि १९ सम्म संचालन हुने लालझाडी गाउँपालिकाका प्रबक्ता आशाराम रानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस