२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

गोकुलपुर बजारमा रहेको ग्यारेजमा आगलागी


  • २०८० जेष्ठ ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • १४१९ पाठक संख्या
  • बेलौरी ,कञ्चनपुर, ११ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ स्थित गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री सर्बिसमा आगलागी भएको छ । गोकुलपुर बजारमा कुल बहादुर चौधरीले सञ्चालन गरेको ट्याक्टर मर्मत गर्ने ग्यारेजमा बिहीबार बिहान ०७:३० बजेको समयमा आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको सोही ठाउँ बस्ने लोक बहादुर बटालाले जानकारी दिनु भएको छ ।

    सटर बन्द रहेको उक्त ब्याट्री सर्बिसमा बाहिर धुँवाको मुस्लो देखिएपछि सटर खोल्दा त भित्र आगो दन्किरहेको थियोे । स्थानीय व्यवसायी र जनसमुदायको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । प्रतिकूल मौसमका बेला विद्युत् लाइन आउने-जाने गरिरहेकोले सोही समयमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनापछि नेपाल प्रहरीले मुचुल्का उठाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%७%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट