२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बाघको आक्रमणबाट मृत्यु भएकी चन्दको परिवारलाई राहत स्वरुप १० लाख प्रदान


  • २०८० जेष्ठ १०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४८२ पाठक संख्या
  • बेलौरी ,जेठ १०। कन्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघको आक्रमणबाट मृत्यु भएकी गङ्गादेबी चन्दको परिवारलाई आर्थिक सहायोग प्रदान गरिएको छ । गत बैशाख ८ गते घाँस काटन गएको बेला बाघको आक्रमणबाट मृत्यु भएकी चन्दको परिवारलाई १० लाख राहत वितरण गरिएको हो।

    बुधबार मृतक चन्दको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतकका श्रीमान डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारी, बेलौरी नगरपालिका–८ का अध्यक्ष बिसराम राना, कुण्डा सब डिभिजन बन कार्यालयका का प्रमुख दिनेश कुमार यादव ,सुरक्षाकर्मी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
    यसअघि मृतक चन्दको परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले किरिया खर्च बाफतको ५० हजार रुपैयाँ सहयोग गरेको थियो। भने आवश्यक प्रक्रिया पूरा गरे पस्चात वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख तिवारी जनाउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट