२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

अमर ज्योती युवा क्लबको आयोजनामा लालझाडीमा गंगा दशहरा मेला लाग्ने


  • २०८० बैशाख ३१, आईतबार मा प्रकाशित १ साल अघि
  • ५६८ पाठक संख्या
  • लालझाडी , बैशाख ३१।कञ्चनपुरको लालझाडीमा रहेको अमर ज्योती युवा क्लबले जेठ दोस्रो सातादेखि गंगा दशहरा मेला संचालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साईडमा पत्रकार सम्मेलन गर्दै यस बर्षदेखि गंगा दशहरा मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

    बषौँदेखि बेलौरी नगरपालिका ५भकुण्डा कालेश्वर महादेव मन्दिर मन्दिरमा जेठ महिनामा मेला लाग्दै आएको थियो । यस बर्षदेखि लालझाडी गाँउपालिकाको सहयोगमा आयोजकले दोदा नदीवारी राम जानकी वन बाटिकामा मेला संचालन गर्ने जनाएको छ ।

    लालझाडीका स्थानीय एव युवा अगुवा प्रकाश रानाले बषौँदेखि लाग्दै आएको गंगा दशहरा मेला यस पटक लालझाडी गाँउपालिका २ मा समेत भव्य रुपमा मनाईने र मेला थप व्यवस्थित गर्न  होमेष्ट सहितका कार्यक्रम संचालन गर्ने बताउनुभयो। अमर ज्योती युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक पर्यटकिय रुपमा चिनाउनका लागि मेला संचालन गर्न लागेको र जिल्ला प्रशासन कार्यालयले अनुमती दिन आलटाल गरेपछि लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् १५ जेठदेखि १९ सम्म मेला संचालन गरिने र मेलामा बाल उद्यान सहितका विभिन्न साँस्कृतिक कार्यक्रम , स्टलहरुको व्यवस्था गरिएको मेला आयोजक मुल समितिका संयोजक बिनोद रानाले बताउनुभयो। कार्यक्रममा बोल्दै लालझाडी गाँउपालिका २का वडाध्यक्ष एवं गाउपालिका प्रबक्ता आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोगका लागि पहल गर्ने जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट