बेलडाँडी,बैशाख २४। कञ्चनपुरको बेलडाँडी गाउँपालिका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको आइतवार विहान असामायिक निधन प्रति पालिका कार्यालयले आजै शोक विदा दिने निर्णय गरेको छ ।
पालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो । बेलडाँडी गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्रीको मिति २०८०/०१/२४ गते असामायिक निधन भएको हुँदा सिंगो बेलडाँडी गाउँपालिका मर्माहत र स्तब्ध भएको छ । गाउँपालिकाको विकास र उन्नतिमा वहाँले आफ्नो कार्यकालमा पुर्याउनु भएको उल्लेखनीय योगदानको स्मरण गर्दै यहाँको सम्मान एवं सम्झनामा यस गाउँपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरूमा आज मिति २०८०/०१/२४ गते आईतबारका दिन शोक बिदा दिने निर्णय भएको व्यहोरा आदरणीय गाउँवासीहरू तथा सम्बन्धीत सबैमा जानकारीका लागि यो सूचना गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको हस्ताक्षरमा प्रकाशित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस