२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीको छोटी भन्सार लाई भन्सारमा स्तरोन्नतीका लागि दवावमुलक कार्यक्रम सम्पन्न


  • २०८० बैशाख ८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४३९ पाठक संख्या
  • बेलौरी ,बैशाख ८ । कञ्चनपुरको बेलौरीमा भन्सार स्तरोन्नतीका लागि बेलौरी उद्योग वाणिज्य संघ र नागरिक समाजको अगुवाईमा शुक्रबार बेलौरी बजारको भिमदत्त चोक बाट कार्यक्रम गर्दै छोटी भन्सार कार्यालय नजिक पुगेर बिगत ६ महिना देखि बन्द रहेको तालाबन्दी खुलाएर कार्यालय सञ्चालनका लागी कोणसभा गर्दै सरकार लाई दबाब दिएका हुन।
    ,क्षेत्रकै सम्बृद्धिको आधार, बेलौरीमा नाका भन्सार’ मुल नाराको पम्प्लेट सहित बेलौरी भन्सार कञ्चनपुर हो, किन लेख्यौँ कैलाली ? स्थानीय चुनावी सभा लाई सम्बोधन गर्ने क्रममा शिर्ष नेता नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलीले भाषण गर्दै बेलौरी लाई भन्सारमा बनाउछौ भनेर भने तर नेताहरु काठमाडौ पुगेपछि आफुले बोलेको कुरा बिर्सिएको स्थानीय समाजसेवी अगुवा बुद्धिजिवी केशव राज जोशी दुखेसो पोख्नुभयो।

    आज को बृहत दवावमुलक कार्यक्रममा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउद, स्थानीय समाजसेवी अगुवा बुद्धिजिवी केशव राज जोशी, बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव एमाले नेता यज्ञ कडेल, एमाले केन्द्रीय सदस्य कमला बोहरा, स्थानीय समाजसेवी मेवाराम चौधरी लगायत ब्यापारी ,व्यवसायी वडाध्यक्ष, स्थानीय सञ्चारकर्मी को उपस्थिति रहेको थियो। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले बेलौरी छोटी भन्सारको स्तरबृद्धि नहुदा दक्षिणी क्षेत्रका उद्योगी व्यवसायी मारमा परेको बताउनुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट