२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरीको पचुइमा घाँस काटन गएकी महिलामाथि बाघको आक्रमण बेपत्ता महिलाको खोजिकार्य जारी


  • २०८० बैशाख ८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ८१० पाठक संख्या
  • बेलौरी ,बैशाख ८कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइकी अन्दाजी ४५ गङगा चन्द शुक्रबार बिहान घास काट्दै गर्ने क्रममा बाघले आक्रमण गरेको छ। कुण्डा सबडिभिजन कार्यालय का प्रमुख सहायक बन अधिकृत दिनेश कुमार यादब का अनुसार बाघ नियन्त्रणका लागि डिबिजन बन कार्यालय र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय सङ समन्वय भइ रहेको बताउनुभयो ।

    उनिसंगै गएका महिलाले भागेर ज्यान जोगाएका छन्। ज्यान जोगाउनेहरुले खबर गरेपछि बेपत्ता महिलाको खोजीमा बन कार्यालयको टिम, ईलाका प्रहरी कार्यालय र स्थानीय बासिन्दाहरु जुटेका छन्। भने महिला अहिलेसम्म के कस्तो अवस्थामा छन भन्ने पत्ता लागेको छैन। बाघको निगरानी ड्रेन क्यामरा बाट गरिएको प्रहरीले जानकारी गराएको छ। करिब महिना दिन यता जिल्लाको बेलौरी र पुनर्वासलगायत सीमावर्ती क्षेत्रमा बाघ देखिने घटना बढेका छन्।यसले गर्दा स्थानीय बासिन्दा त्रसित छन्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट