२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

ठेकेदारले समयमै काम सम्पन्न नगर्दा बेलडाँडी दैजी सडकखण्डमा दुर्घटना एक जना बालकको मृत्यु २ जना घाइते


  • २०७९ चैत्र २०, सोमबार मा प्रकाशित १ साल अघि
  • २५४ पाठक संख्या
  • कञ्चनपुर, २० चैत । कञ्चनपुरको हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्डमा सवारी दुर्घटना भएको छ । सोमबार दिउँसो बेलडाँडी–दैजी सडकखण्डमा सवारी दुर्घटना भएको हो । सवारी दुघटनामा परी एक नाबालकको मृत्यु भएको छ । भने दुई जना घाईते भएका छन । मोटरसाईकल दुर्घटना भएर बेलडाँडी गाँउपालिका ५ झिलमिलाका ८ बर्षिया बालक ईस्बन्द (ठकुरी)को मृत्यु भएको छ । बालकको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाईते भएका मोटरसाईकल चालक टेकराज भट्ट र मोटरसाईकलमा सवार अर्चना जोशीको उप उपचारका लागि महाकाली अस्पतालले सेती प्रादेशिक अस्पतालमा रिर्फर गरेको छ । घाईते भट्ट मोटरसाईकल चालक महेन्द्रनगरका स्थानीय हुन । उनी बेलडाँडी स्थित रौलेश्वर उच्च माविका शिक्षक हुन । विद्यालयदेखि घर फर्किने क्रममा सहकर्मी शिक्षकद्वय प्रयागराज जोशीकी छोरी अर्चना जोशी र अर्का शिक्षक अमर बहादुर शाहीका छोरा ईस्बन्द (ठकुरी)लाई ल्याएर महेन्द्रनगर आउने क्रममा सडकबाट मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । बेलडाँडीकै स्थानीय शिक्षक अमर बहादुर शाही छोरा ईस्बन्द शाही(ठकुरी)लाई ल्याएर महेन्द्रनगर आईरहेका थिए, शाहीको मोटरसाईकल पन्चर भएर उनले पनि भट्टलाई नै छोरा बजारसम्म लैजान आग्रह गरेका थिए । मोटरसाईकल दुर्घटनामा शाही परिवारले एक कोपिला गुमाएका छन । भने जोशी र भट्ट परिवारका आफन्त गम्भिर घाईते भएका छन । हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडीदेखि दैजीसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(जंगल) क्षेत्र झण्डै १५ किलोमिटर पर्छ । सात बर्ष अघि उक्त सडक निर्माणको जिम्मा पाएका राजेन्द्र निर्माण सेवाले जंगलको आधा मात्रै सडक निर्माण गरेको छ । निर्माण भएको कालोपत्रे समेत भत्किदैछ । सडक छेउछाउ ढुङगै ढुङगा छन । सडकको बेहाल हुँदा सवारी साधन अनियन्त्रित भई सवारी दुर्घटना भईरहेको छ । स्थानीयले पटक पटक सडक सुधारका लागि माग गर्दा समेत निर्माण कम्पनीको लापरबाहीले बनेको सडक समेत बिग्रीदै छ । एकातिर यात्रुलाई कष्टकर यात्रु गर्नुपर्ने अर्कातिर ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट