२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको बेलौरी नगर सभापतिमा विष्णु प्रसाद शर्मा चयन


  • २०७९ चैत्र १९, आईतबार मा प्रकाशित २ साल अघि
  • २२१ पाठक संख्या
  • बेलौरी ,कञ्चनपुर, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको बेलौरी नगर सभापतिमा विष्णु प्रसाद शर्मा चयन हुनु भएको छ । आइतबार कञ्चनपुरको बेलौरीमा भएको नगर भेलाले शर्मालाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज ज्ञानेन्द्र महताले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा गणेश बहादुर लामिछाने, सचिवमा तारा सिंह बिष्ट, कोषाध्यक्षमा देवकी पाण्डेय तथा सदस्यहरूमा पूर्ण बहादुर खड्का, दीपक भट्ट, कुमार कार्की, गोपीलाल चौधरी, बिरबल खत्री र पुष्पा भुसाललाई चयन गरिएको छ ।

    नगर सभापति शर्माले आफूलाई विश्वास गरी राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापति जस्तो गरिमामय पद्मा चयन गरेकोमा पार्टी प्रति कृतज्ञता व्यक्त गर्दै गाउँ, समाज र देशको लागि अहोरात्र लागिपर्ने प्रतिबद्धता जनाउनु भएको छ । टोल टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तार गर्न सिङ्गो नगरको टिम खटिने सभापति शर्माको भनाइ छ । उहाँले समाजमा भइरहेका गलत गतिविधि विरुद्ध डटेर लड्ने दाबी समेत गर्नुभयो । त्यस्तै, नगर सचिव तारा सिंह बिष्टले पनि नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सचिवको जिम्मेवारी सम्हाल्नु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट