२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघको आतंक; वन कार्यालयको नेतृत्वमा स्थलगत अनुगमन


  • २०७९ चैत्र १९, आईतबार मा प्रकाशित १ साल अघि
  • ६२३ पाठक संख्या
  • बेलौरी, कञ्चनपुर, १९ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघको आतंक मच्चिएको छ । बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको नेतृत्वमा बन कर्मचारीहरुसँगै सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरुको टोलीले सीमा क्षेत्रमा स्थलगत अनुगमन गरेको छ ।
    त्यसक्रममा स्थानीय नागरिकहरुलाई सचेत गराइएको कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले बताउनु भयो । बाघले नेपाल भारत सीमा क्षेत्रमै ओहोरदोहोर गर्ने गरिरहेको हुँदा सतर्कता अपनाउन सब डिभिजन वन कार्यालयले सार्वजनिक आह्वान गरेको छ । खेतबारीमा पानी जमेको केही ठाउँमा बाघले हिँडेको छाप समेत देखिएकोले खेतीपाती गर्ने कृषक तथा उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने नागरिकहरुलाई थप सचेत रहन अनुरोध गरिएको छ ।
    यही चैत १० गतेका दिन भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी कञ्चनपुरको पुनर्वास १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो । त्यसको ठिक एक हप्तापछि यही चैत १७ गतेका दिन कञ्चनपुरको बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा बाघको आतंक फैलिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट