कञ्चनपुर , १० चैत । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० बस्ने एकजना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार सीमावर्ती भारतीय दुधुवा नेसनल पार्क भित्र घाँसदाउरा गर्न गएका महिलाहरू मध्ये पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको हो । नेपाल-भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफण्टा बन एरियामा पर्ने एसएसबी क्याम्प लालकुवा नम्बर ८ को दक्षिण पुर्वमा सार्कीको शव फेला परेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले जानकारी दिएका छन् । घाँसदाउरा गर्न गएका अन्य अधिकांश महिलाहरू घर फर्किसकेका छन् भने एक जना महिला अझै सम्पर्कबिहिन रहेको र उनको खोजिकार्य भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस