२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

आशा लघुबित्त द्वारा आत्मा निर्भर बनाउने उदेश्यका लागि २ दिने स्याम्प्यु र चकलेट बनाउने तालिमको आयोजना


  • २०७९ चैत्र ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४४० पाठक संख्या
  • कञ्चनपुर, ०९ चैत । आशा लघुवित्त वित्तिय सस्था लिमिटेड शाखा कार्यालय बेलौरीको आयोजनामा २ दिने स्याम्प्यु र चकलेट बनाउने तालिम प्रदान गरिएको छ । बिहिबारप महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभाहलमा आयोजित एक कार्यक्रमका बिच समुहमा आवद्ध महिलाहरूलाई आत्मा निर्भर बनाउने उदेश्यका साथ सस्थाद्धारा २ दिने स्याम्प्यु र चकलेट बनाउने तालिम प्रदान गरिएको हो । तालिममा संस्थामा आवद्ध विभिन्न केन्दका ६५ जनाको उपस्थिति रहेको बताईएको छ । २ दिने स्याम्प्यु र चकलेट बनाउने तालिमले समुहमा आबद्ध महिलाहरूलाई आत्मा निर्भर बनाउनेमा पुर्ण विश्वास गरेको बेलौरी शाखा प्रबन्धक आशिष थारूले बताउनु भएको छ । यस्तै बेलौरी शाखा प्रबन्धक आशिष थारूको सभाध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ०६ का अध्यक्ष भोजराज चौधरी र बिशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख सन्दिप चन्द शाह रहनु भएको थियो । कार्यक्रममा बिभिन्न केन्द्रका प्रमुख तथा प्रतिनिधि,स्थानिय पत्रकार र सस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी निराजन साउदले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका कनिष्ट सहायक राजमति बम चन्दले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट