माधब पौडेल ,बेलौरी ,८ चैत्र, कञ्चनपुरको बेलौरी बजारको ढलनिकास दीर्घकालीन समाधान र सडकमा अव्यवस्थित रहेका विद्युत पोलका कारण हुन सक्ने दुर्घटना नियन्त्रण न्यूनीकरणका लागि बुधबार अनुगमन गरिएको छ ।
संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय दिवानसिंह बिष्ट , बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , उप प्रमुख जोगराम चौधरी ,नगर प्रबक्ता हर्क भुल , नेपाल विद्युत कार्यालय बितरण केन्द्र का प्रतिनिधि हिरा चन्द लगायतको टोलिले मुख्य बजारको सडकको अनुगमन गरेको हो ।
बेलौरीको मुख्य बजारमा हालै ढल निर्माणको कार्य अगाडि बढाउने संगै सडक चौडा गरिएपछि सडकमा पर्न गएका विद्युतका पोलहरुका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढे संगै उक्त अबस्थाको समाधानका लागि अनुगमन गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकार सङ यस क्षेत्र बिकाशका लागि पहल गर्ने । प्रदेश सभा सदस्य माननीय बिष्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस