२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

स्ववियु निर्वाचन अपडेट : महाकाली बहुमुखी क्याम्पस बेलौरीमा पनि मिश्रित नतिजा


  • २०७९ चैत्र ६, सोमबार मा प्रकाशित १ साल अघि
  • ३१८ पाठक संख्या
  • बेलौरी, कञ्चनपुर, ०६ चैत । कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा मिश्रित नतिजा आएको छ । महाकाली बहुमुखी क्याम्पसमा जम्मा ५७२ जना विद्यार्थी मध्ये ४७४ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत गंगा प्रसाद रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्ववियु सभापतिमा नेविसंघका निरज भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा अनेरास्ववियुका यशोदा रेग्मी र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै रमेश जोशी निर्वाचित हुनु भएको छ । सदस्यहरूमा भने अनेरास्ववियुका राहुल कुमार बोट, अखिल क्रान्तिकारीका प्रदिप कुमार बोट, अखिल क्रान्तिकारीकै आरती राना (गोलाप्रथाबाट), नेविसंघका अस्मिता बिष्ट र नेबिसंघकै बन्दना कुमारी बिष्ट निर्वाचित हुनुभयो ।

    उक्त क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज अलगअलग तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालमेल गरी ४ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट