२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

स्ववियु निर्वाचन अपडेट : रौलेश्वर क्याम्पसमा सचिव बाहेक अनेरास्ववियुको प्यानल विजयी


  • २०७९ चैत्र ५, आईतबार मा प्रकाशित १ साल अघि
  • ३५१ पाठक संख्या
  • बेलडाँडी, कञ्चनपुर, ०५ चैत । कञ्चनपुरको बेलडाँडीमा रहेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा सचिव बाहेक अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । जम्मा २६९ विद्यार्थी रहेको उक्त क्याम्पसमा १९३ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ । अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडू ‍१०९ मत सहित स्ववियु सभापतिमा निर्वाचित हुनु भएको क्याम्पस प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत प्रयागराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेविसंघको प्यानलबाट सभापतिका उम्मेदवार गजेन्द्र उपाध्यायले ८० मत प्राप्त गर्नुभयो ।

    सचिवमा ९५ मत सहित नेविसंघका दिनेश जोशी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका भाष्कर भट्टले ९३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा १०९ मत सहित अनेरास्ववियुका भानुमति ऐरी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी नेविसंघका कविता शाहीले ८३ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा अनेरास्ववियुका बलसिंह बुढाले ११३, बसन्ती डगौराले ११०, लक्ष्मण भट्टले १०६, वविता बमले १०६ र बिपना ताम्राकारले ९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

    नेविसंघको प्यानलबाट सदस्यका उम्मेदवारहरू दीपेन्द्र भट्टले ९५, शिल्पा गिरीले ८४, पूजा दमाईले ८२, हिमांशु विकले ८१ र विमला लुहारले ७८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो । उक्त क्याम्पसमा अखिल क्रान्तिकारीको समर्थनमा नेविसंघ र एक्लै अनेरास्ववियु गरी २ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट