२०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025

बेलाैरीको खुला मञ्चमा रानाथारुको बृहत हाेली मिलन कार्यक्रम हुने


  • २०७९ फागुन १८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३०५ पाठक संख्या
  • बेलाैरी, फागुन १८, कञ्चनपुरकाे बेलाैरीमा यहि फागुन २० गते रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम हुने भएको छ। रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीको आयाेजनामा कार्यक्रम हुन लागेको हाे ।
    रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना हुन लागेको हाे । कार्यक्रममा प्रमुख अथिति पूर्व खानेपानी मन्त्री बिना मगर, विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, पुर्व माननिय पुरन राना थारु,बेलौरी नगरपालिका का नगरप्रमुख पोतिलाल चौधरी,बेल्डाडी गाउँपालिका अध्यक्ष हरिचन्द्र राना,लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना र नेपाल रानाथारु समाज कंचनपुर जिल्ला अध्यक्ष प्रेमबती राना.लगायत रानाथारु अगुवाहरुकाे उपस्थिति रहने आयाेजक समितिका अध्यक्ष एवं भलमन्सा सुरेश बडायकले जानकारी दिनुभयो ।
    कार्यक्रम बेलौरीको खुला मञ्चमा झाँकी प्रदर्शन, हाेली नाच , रानाथारु समुदायको विभिन्न खानाका परिकार आदीकाे प्रदर्शनी गरिने कार्यक्रमका प्रचारप्रसार उपसमितिका सदस्य रेशम चौधरीले जनाकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट