२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

कालो पोलिथिन ब्याग निषेध बारे मलाई जानकारी छैन : प्रमुख प्रशासकीय अधिकृत विक


  • २०७९ फागुन १७, बुधबार मा प्रकाशित १ साल अघि
  • २२१ पाठक संख्या
  • कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकाको नवौँ नगर सभाबाट बेलौरी नगरपालिका क्षेत्र भित्र कालो पोलिथिन ब्याग निषेध गर्ने निर्णय गरिएको थियो । बेलौरी नगरपालिकाको असार १० गते भएको नवौँ नगर सभाले २०७९ साउन १ गतेदेखि नगर क्षेत्र भित्र पूर्ण रूपमा कालो पोलिथिन ब्याग निषेध गर्ने निर्णय गरी कार्यालयबाट सूचना पत्र समेत सार्वजनिक गरिएको थियो । यति मात्रै होइन, नयाँ आर्थिक वर्ष सुरु भएको समयमा बेलौरी नगरपालिकाका सीमा क्षेत्रमा कालो पोलिथिन ब्याग निषेधित क्षेत्र उल्लेख गरेर होडिङ् बोर्ड समेत राखिएको छ । तर अहिले पनि बजारमा छ्यापछ्याप्ती कालो पोलिथिनको खुलेआम प्रयोग भइरहेको छ । बेलौरी नगरपालिकाले नगर सभाबाट गरेको निर्णय कार्यान्वयन भए नभएको बारे अहिलेसम्म अनुगमन गरेको पाइँदैन ।

    यसै सम्बन्धमा मंगलबार बेलौरीमा क्रियाशील पाँच जना पत्रकारहरूको टोलीले बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकलाई नगरपालिकाले पूर्ण रूपमा बन्द गरेको कालो पोलिथिन बजार भरी सर्वत्र उपलब्ध भइरहेको छ, यसमा नगरपालिकाले के गरिरहेको भनी सोधपुछ गर्दा कालो पोलिथिन निषेध बारे आफूलाई कुनै जानकारी नभएको उनले प्रतिक्रिया दिएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकद्वारा हस्ताक्षरित सार्वजनिक सूचना पत्रमा नगर भित्रका उद्योगी व्यवसायी लगायत सम्पूर्ण नगर बासीलाई जानकारीका साथै बेलौरी नगरपालिकाले निर्धारण गरेको नीति अनुरूप कालो पोलिथिन ब्याग पूर्ण रूपमा निरुत्साहित गरी बेलौरी नगरपालिकालाई स्वच्छ, सफा एवं वातावरणमैत्री स्थानीय तह बनाउन खोजिएको सो पत्रमा उल्लेख गरिएको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लेखकको गत असोज महिनामा सरुवा भई नयाँ प्रमुख प्रशासकीय अधिकृत रूपमा आएका विकलाई सो निर्णय बारे कुनै जानकारी नभएको स्वयं विकको भनाइबाट प्रष्ट हुन्छ । नगरपालिका कार्यालयले सस्तो लोकप्रियताका लागि थुप्रै विषयमा निर्णय गरेको तर कार्यान्वयनमा ल्याउन नसकेको नगरवासीको बुझाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट