२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

१३औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु


  • बेलौरी अनलाईन
  • २०७९ फागुन ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ८४१ पाठक संख्या
  • माधब पौडेल, कञ्चनपुरमा १३औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर खेलकुद समितिको आयोजनामा सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक बिधालय जबदिया को खेलमैदानमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । ९वटै पालिका टिमको सहभागितामा जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।

    प्रतियोगिताको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले उद्घाटन गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै्र कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले पालिका स्तरबाट छनौट भई आएका खेलाडीविच जिल्ला स्तरमा छनौट गरे प्रदेशमा पठाइने बताउनुभयो ।

    एथलेटिक्स सहित भलिबल, कब्बडि , उसु, कराँते सहितका विद्यामा प्रतियोगिता हुने छ । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा प्रतियोगिता भएको थियो । उदघाटन कार्यक्रमको सञ्चालन ज्ञान साधना बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर चन्दले गर्नुभएको थियो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट