२०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

जनयुद्ध दिवसको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा


  • २०७९ माघ २९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३६६ पाठक संख्या
  • काठमाडौँ, २९ माघ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०५२ फागुन १ गतेबाट सशस्त्र युद्धमा होमिएको माओवादी २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि राजनीतिक मूलधारमा आएको थियो । नेपालमा सशस्त्र युद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको छ । माओवादी केन्द्रको समेत नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नै जनयुद्ध दिवसको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट