२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

बेलौरी नगर बिकाशको ५० औ स्थापना दिवस एवं स्वर्ण जयन्ती कार्यक्रमको आयोजना


  • २०७९ माघ २७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २७६ पाठक संख्या
  • माधब पौडेल २७ माघ, कञ्चनपुरको बेलौरी नगर बिकाश को ५० औ स्वर्ण जयन्ती कार्यक्रम बिहीबार बेलौरी नगरपालिकाको कार्यालयमा सम्पन्न भएको हो।

    कार्यक्रमको सभापति बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी प्रमुख अतिथी नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बिशिस्ट अतिथीमा कञ्चनपुर क्षेत्र न १ का माननीय तारा लामा तामाङ प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट सुदुर पश्चिम् प्रदेश का पुर्ब भौतिक पुर्बधार राज्यमन्त्री कुलबिर चौधरी, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी बेलौरी नगरपालिका अन्तर्गत का वडा नम्बर १ देखी १० वडा का अध्यक्ष ,कार्यपालिका सदस्य लगायत बेलौरी नगर बिकाश का अध्यक्ष बेलौरी नगर बिकाश स्थापनाका लागि सहयोग गर्ने अग्रज ब्याक्तीत्य्व हरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा स्वागत मतब्य बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले राख्नुभएको थियो। बेलौरीमा बन्द अवस्थामा रहेको बेलौरी छोटी भन्सार सञ्चालन का लागि पहल गर्न का लागि स्थानीय एव पुर्ब क्याम्पस प्रमुख प्रेम सिंह बोहराले आग्रह गर्नुभएको थियो। स्वर्ण जयन्ती को अवसरमा तौला राना , भजौरा राना कल्लु राना गिरिलाल भण्डारी कुल प्रसाद खनाल यज्ञराज पन्त बन्धु राना आनन्दराज ढुगाना हालसम्मका पुर्ब अध्यक्ष मदन बहादुर चन्द राम प्रसाद ढकाल कुलबिर चौधरी चन्द्रलाल चौधरी लाइ नगर बिकाश का अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो। स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बेलौरी भन्सार नाका स्तरोन्नतिका लागि पहल गर्ने बताउनु भएको छ । कञ्चनपुरकै दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह निर्माणमा समेत जोड दिँदै उहाँले सुख्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित बस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने उल्लेख गर्नुभयो।कार्यक्रमको समापनमा बोल्दै बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिका लाई गुरुयोजना बनाइ सर्वागिण बिकाशका लागि संघीय सरकार तथा प्रदेश सरकार सङ समन्वय गरि अगाडि बढ्ने बताउनुभयो। स्वर्ण जयन्ती कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बि क ले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट