२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम एकेडेमी प्रथम हुन सफल


  • २०७९ माघ २०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ४३० पाठक संख्या
  • माधब पौडेल, बेलौरी २० माघ, कञ्चनपुरको बेलाैरी नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम एकेडेमी बेलाैरी प्रथम भएको छ । शान्ति माध्यमिक शान्तिपुरले द्वितिय स्थान प्राप्त गरेको छ भने उग्रतारा बाल विद्यालयले तृतीय स्थानमा प्राप्त गरेको हो । प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुनेलाई क्रमशः पन्ध्र हजार, बाह्र हजार र सात हजार पाँचसय नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियोे ।

    बेलाैरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चाैधरीको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा बिशिस्ट अतिथि उपप्रमुख जाेगराम चाैधरी रहनुभएको थियो प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, नगर प्रवक्ता हर्क भुल, लगायतका सहभागी बिधालयका शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।

    हाजिरी जवाफ प्रतियोगितामा बेलौरी नगरपालिका अन्तर्गतका सामुदायिक र सस्थागत बिधालय गरि कुल २२ विद्यालयकाे सहभागिता रहेको बेलाैरी नगरपालिका शिक्षा शाखा का सहायक कम्प्युटर अपरेटर अशोक पाण्डेयले जानकारी दिनुभयो । हाजिरी जवाफ कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राबिधिक सहायक अमित भट्ट ले गर्नुभएको थियो ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट