२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

आरक्ष पिडित ३३ घरधुरीलाई बेलौरी नगरपालिका द्वारा साेलार बत्ती वितरण


  • २०७९ माघ १९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ७७५ पाठक संख्या
  • कञ्चनपुर, माघ १९ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाले लालझाडी गाउँपालिका ६ चान्देव बस्दै आएका हात्ति आतंक बाट प्रभावित आरक्ष पिडितलाई साेलार बत्ती वितरण गरेकाे छ । विहिवार चान्देवका ३३ घरधुरीलाई साेलार बत्ती वितर गरिएको हाे ।शुक्लाफाँटा बन्यजन्तु आरक्ष बाट विस्थापित भई लालझाडी गाउँपालिका ६ चान्देवमा बस्दै आएकाहरुलाई साेलार बत्ती वितरण गरिएकाे छ । जंगली हात्तिकाे आतंक बढ्दै गए पछि आतंक न्युनिकरण गर्ने उद्धेश्यले साेलार बत्ती वितरण गरिएको नगरपालिकाले जनाएकाे छ । साेलार बत्ती वितरण कार्यक्रममा बेलाैरी नगरपालिकाका नगरप्रमुख पाेतिलाल चाैधरी, उपप्रमुख जाेगराम चाैधरी, ५ नं. वडाका वडाध्यक्ष लाल बहादुर चाैधरी तथा नगर प्रबक्ता हर्क बहादुर भुल सहित रहेका थिए । २० वाटकाे साेलार प्यानल , पावर कन्ट्राेलर सहित साेलार बत्ती वितरण गरिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी ले जानकारी दिनुभयाे । स्थानीयहरु साेलार बत्ती पाएपछि खुशी व्यक्त गर्दै साेलर बत्तीले केहि हदसम्म हात्ती आतंक राेकथाम हुने बताएका छन।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट