२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • २०७९ माघ ५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५७९ पाठक संख्या
  • पुनर्वास ,५ माघ अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरले पुनर्वास नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ । बिहिवार नगरपालिकाकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरिएको थियाे ।

    अन्तरक्रिया कार्यक्रमको सभापतित्व अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरुम्वाङ्ग,पुनर्वास नगरपालिकाका नगर प्रमुख ताेय प्रसाद शर्मा, पुनर्वास नगरपालिका का उपप्रमुख भुलिया कुमारी राना,पुनर्वास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्ट ,पुनर्वास नगरपालिका का १ देखी ११ वडाका वडाध्यक्ष लगायत कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया का प्रमुख दिनेश कुमार यादव, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक नरेश राज मल्ल, पुनर्वासमा रहेका सबै बिओपीका ईन्चार्ज, शिक्षक, बुद्धिजीवी लगाएको सहभागिता रहेकाे थियाे ।

    कार्यक्रममा भ्रष्टाचार जन्य कसुर र सजाय, भ्रष्टाचार नियन्त्रण गर्ने कानुनी र संरचनागत व्यवस्था , भ्रष्टाचार सम्बन्धमा विश्वमा नेपालकाे अवस्था , आर्थिक वर्ष २०७८/०७९ मा आयाेगमा पर्ने उजुरीकाे विवरण , भ्रष्टाचार जन्य प्रबृत्तिहरुकाे बिश्लेषण, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि गर्नुपर्ने काम, आयाेगमा दर्ता हुने उजुरीको अनुसन्धान कार्यमा परेका समस्यहरु तथा आयाेगकाे अपेक्षा सम्बन्धि जानकारी गराईएकाे थियाे । कार्यक्रमकाे औचित्य बारे अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरका उपसचिव भुमिनन्द खनालले प्रस्तुत गर्नु भएको थियाे ।
    बिगत छ वर्षकाे भ्रष्टाचार अनुभुति सुचाङ्क अनुसार नेपाल एशियाकै पाँचाै नम्बरमा पर्छ । यस वर्षको मंसिर मसान्त सम्मकाे तथ्यांकअनुसार कञ्चनपुरमा ७४ ओटा उजुरी परेका छन भने जम्मा २६ ओटा उजुरीकाे फर्छ्याैट भएकाे छ । सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी भ्रष्टाचारकाे उजुरी कैलाली जिल्लामा १ सय ५४ ओटा उजुरी परेका छन भने सबभन्दा कम दार्चुलामा परेका छन । चालु आर्थिक वर्षकाे मंसिर मसान्त सम्म २३ ओटा उजुरी परेका छन ।
    कार्यक्रमका सहभागीहरुले पुनर्वास नगरपालिकामा सरकारी सम्पत्तिकाे दुरूपयाेग बढी भएकाले यसकाे नियमन गरी नियन्त्रण गर्नु पर्ने बताएका छन । कार्यक्रममा बाेल्दै नगर उपप्रमुख रानाले भ्रष्टाचार नियन्त्रण गर्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयाे । भ्रष्टाचार हुनसक्ने याेजनाकाे नियमित अनुगमन गरिरहेकाे बताउदै त्यस्ता कार्य गर्ने जाे काेहि लाई पनि छुट नहुने बताउनु भयाे।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट