२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

कञ्चनपुरको बेलौरीमा टेसर माघ म्याला शुरू


  • २०७९ पौष २७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७४३ पाठक संख्या
  • बेलाैरी, २७ पौष ,कञ्चनपुरकाे बेलाैरीमा दुई दिने टेसर माघ म्याला बुधबारदेखि शुरू भएकाे छ ।
    थारु समुदायको नयाँ वर्ष एवम महान पर्व माघीकाे अवसरमा कार्यक्रमकाे आयाेजना गरिएको हाे । कार्यक्रमले थारु समुदायकाे लोक संस्कृति कला संरक्षणमा टेवा पुग्ने आयाेजकले जनाएको छ । माघ म्याला दुई दिन सम्म सञ्चालन हुने छ ।
    पुर्वमन्त्री बिना मगरले मेला उद्घाटन गर्दै पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिनुभएको थियो । पुर्वमन्त्री मगरले मेला महोत्सवबाट थारु समुदायको लोपभईरहेको संस्कृति संरक्षणका साथै जगेर्ना हुने बताउनुभयो ।
    कार्यक्रममा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले मेला महोत्सवबाट थारु समुदायको संस्कृति संरक्षण हुने बताउनुभयो  । थारु कल्याणकारिणी सभा कञ्चनपुरका अगुवा चौधरीले थारु समुदायको माघमा मनाईने माघीलाई थप बनाउनका लागि कार्यक्रम गरिएको जानकारी दिए ।दुई दिन लाग्ने मेलामा थारू राष्ट्रिय कलाकार मोडेल अन्जु कुस्मी, शालिकराम चाैधरी, आर के थारू, लक्ष्मी राना लगायत स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने अायोजकले जननएको छ । कार्यक्रमको सह-आयोजक बेलाैरी नगरपालिका रहेको छ भने थारूकल्याणकारिणी सभा बेलाैरीले मेला आयोजना गरेको हो । कार्यक्रमलाई भब्य सभ्य बनाउन थारू अगुवाहरू सकृय भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट