बेलौरी, २५ पुस । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयको मुखैनिर रहेका खुलामञ्च र बाल उद्यानमा बेलौरीका सक्रिय युवाहरूले सोमबार दिउँसो सरसफाइ गरेका छन् । नगरको आकर्षकका रूपमा रहनुपर्ने बाल उद्यान र खुलामञ्च फोहोर र दुर्गन्धित भएपछि सचेत युवाहरूले स्वतस्फूर्त रूपमा सरसफाइ गरेका हुन् । करिब २० जनाजति सक्रिय युवाहरूको समूहले सरसफाइ कार्यक्रममा सहभागिता जनाएको सहभागी मध्ये कै प्रभु रानाले जानकारी दिएका छन् । उक्त कार्यमा नगरपालिका कार्यालयले सरसफाइ गर्न झाडु सहयोग गरेको र नगरपालिकाकै ट्याक्टरमा फोहोर ढुवानी गरिएको बताइएको छ । नजिकै रहेको बेलौरी नगरपालिका कार्यालयमा दर्जनजति सरसफाइ कर्मचारी भर्ना गरिएको भएपनि मुखैनिरको सरसफाइमा समेत ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ । यही पुस २० गतेसम्म पूर्व विद्यार्थी समाजले आयोजना गरेको महोत्सवपछि खुलामञ्चमा थप फोहोर भएको थियोे ।
प्रतिक्रिया दिनुहोस