२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

बेलौरी नगरपालिका २ मा एकदिने स्वास्थ्य शिबिर सम्पन्न


  • २०७९ पौष २३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७०३ पाठक संख्या
  • माधब पौडेल ,२३ पौष कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर को सभा हलमा जागृती फाउन्डेसनतथा नोभा हस्पिटल प्रा लि धनगढी समन्वय बेलौरी नगरपालिका वडा नम्बर २ कार्यालयको आयोजनामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। कैलालीमा रहेको नोभा हस्पिटल प्रा.लि कार्यरत नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर राधिका गिरि  ,जनरल फिजिसियन डाक्टर राम बिहारी थारु चौधरी  र डाक्टर  अतिश जोशी गरि ३ जना विशेषज्ञ डाक्टरद्वारा नि-शुल्क स्वास्थ्य परिक्षण तथा नि-शुल्क औषधि  बितरण गरिएको थियो। उक्त स्वास्थ्य शिबिर मा २६१ जनाले स्वास्थ्य परिक्षणको सेवा लिएको बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य बिक्रम चौधरीले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट