२०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

सशस्त्र प्रहरीद्वारा हेल्प डेस्क स्थापना


  • २०७९ पौष १९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६०१ पाठक संख्या
  • कञ्चनपुर, १९ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरी भन्सार कार्यालय नजिक सशस्त्र प्रहरी बोर्डर आउट पाेष्ट बेलौरीले कोरोना भाइरसको नयाँ भेरिअन्ट नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको नयाँ सङ्क्रमणबारे सतर्कता अपनाउन र सीमा क्षेत्रबाट हुने आवागमनमा सहज वातावरण तयार गर्न मंगलबार दिउँसो बेलौरी भन्सार कार्यालय नजिक हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पाेष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गोकर्ण भट्टराईले जानकारी दिनुभयो ।

    कोरोना भाइरसको नयाँ भेरिअन्ट नियन्त्रण गर्न आवश्यकता अनुसार हेल्थ डेस्क स्थापना गर्ने र सीमामा कडाइ गरिने उहाँको भनाइ छ । हाललाई भने सीमा क्षेत्रमा आवागमन यथावत् नै रहेको छ । छिमेकी मुलुकहरूमा कोरोनाको नयाँ भेरिअन्टकाे प्रभाव बढ्दै गएकोले नेपाल सरकारले पनि समयमै सतर्कता अपनाउन सम्बन्धित निकायहरूलाई निर्देशन गरेको छ । गत वर्ष पनि कोरोना महामारी बढेको समयमा सशस्त्र प्रहरीले बेलौरीका दर्जन बढी सीमा क्षेत्रमा अस्थायी क्याम्प सञ्चालन गरेको थियो । बेलौरी नगरपालिकासँग समन्वय गरी सञ्चालित उक्त हेल्प डेस्कमा सशस्त्र प्रहरी र शान्ति पुनर्स्थापना गृहको टोलीले आवागमन गर्ने नागरिकहरूलाई सहायता गर्ने जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट