२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

अज्ञात समूह द्वारा बेलौरीको बैजुडाँडाका २ घरमा चोरी सुन सहित लाखौं रुपैयाँ लुटपाट


  • २०७९ पौष १२, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६३६ पाठक संख्या
  • बेलौरी , कञ्चनपुर, १२ पुस । कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाटका घटना बढ्दै गएका छन् । गए राति मात्रै पनि बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाँडाका दुइटा घरमा अज्ञात समूहले लुटपाट गरेको छ । मध्यरातमा हतियार सहित गाउँ पसेको लुटेराहरूको समूहले बैजुडाँडाका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरबाट डेढ लाख नगद रुपैयाँ, सुनका गरगहना, मोबाइल सहितका सामग्री लुटपाट गरेको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । लुटेराहरूले लगेको मोबाइल सेट भने नजिकैको उखुबारीमा फेला परेको बताइएको छ । उनीहरूको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । लुटेराहरूको समूह भारतीय रहेको हुनसक्ने स्थानीयको आशंका छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट