२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

बेलडाँडीमा लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न


  • २०७९ पौष १०, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५२३ पाठक संख्या
  • कञ्चनपुर , १० पौष कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि एकदिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
    लागू औषध ओसारपसार का लागि उच्च जोखिम क्षेत्र मानिएको तथा सिमावर्ति भारतीय सिमानाका संग जोडिएको बेलडाँडी गाउपालिका ३ झिलमिलामा उक्त कार्यक्रम को आयोजना गरिएको हो ।
    लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि
    बेलडाँडी गाउँपालिका ३ मा रहेको श्री राधाकृष्ण जनप्रिय प्राथमिक विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो ।

    कार्यक्रममा गाउपालिका उपाध्यक्ष शान्ति नाथले सिमा क्षेत्रबाट तिब्र रूपमा बढ्दै गईरहेको प्राणघातक लागू औषध ओसारपसार नियन्त्रण गर्न सम्पूर्ण सरोकारवाला लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
    लागुपदार्थ दुर्व्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग पुर्‍याउनुपर्ने समाजका सरोकारवालाको दायित्व रहेको उपाध्यक्ष नाथले बताईन ।
    उपाध्यक्ष नाथले आफ्नो कार्यकालमा लागू औषध अवैध मदिरा नियन्त्रण गर्न कार्यबिधि बनाई ठोस रणनीति अपनाई त्यसता कुलत न्युनिकरण तर्फ कटिबद्ध भएर लाग्ने बिषयमा ज‍ोड दिइन ।
    लागुपदार्थ दुर्व्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग पुर्‍याउनुपर्ने समाजका सरोकारवालाको दायित्व रहेको उपाध्यक्ष नाथले बताईन ।
    कार्यक्रममा बेलडाँडी गाउँपालिका अन्तर्गत लागु औषध दुब्यसन, यसको असर , यसबाट बच्ने उपायका बारेमा स्वास्थ्यकर्मी महेश खत्रीले बिधार्थीहरुलाई जानकारीमुलक सहजीकरण गर्दै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठीने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता अवस्थामा हुने जानकारी दिएका थिए  । यस्ता लागुपदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्दछन् । देशमा एकातिर आमाबाबुहरूलाई बालबच्चालाई कसरी लालनपालन गरणने भन्ने चिन्ता छ भने अर्कोतिर छोराछोरी लागुपदार्थको कुलतमा नफसून् भन्ने सबैभन्दा ठूलो चिन्ता तेर्सिएको अवस्थाछ ।लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो स्वास्थ्यकर्मी खत्रीले जानकारी दिनुभयो ।
    कार्यक्रममा बेलडाँडी गाउँपालिका अन्तर्गतका विभिन्न १४ विद्यालयका करिब सय जना बिद्यार्थीहरुको सहभागीतामा रहेको थियाे।
    गाउपालिका उपाध्यक्ष शान्ति नाथको सभाध्यक्ष मा भएको कार्यक्रममा गाउपालिका वडा नम्बर ३ का अध्यक्ष दुर्गा चौधरी , नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कल्पना गिरी , नेकपा माओवादी केन्द्र का हरि प्रसाद शर्मा , महिला समाजसेवी फुल कुमारी राना ईलाका प्रहरी कार्यालय बेलडाडी निरिक्षक दिपक पातली लगायत विभिन्न बिद्यालय का शिक्षकशिक्षिका को उल्लेख्य सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट