बेलौरी ,७ पौष कञ्चनपुर को बेलौरी नगरपालिका वडा नम्बर १ फटिया स्थित राजेन्द्र भट्ट को घरमा गएराती करिब पौने १ बजे चोरी भएको ईलाका प्रहरी कार्यालय बेलौरी का इन्चार्ज प्रहरी निरीक्षक दान सिंह भण्डारीले जानकारी दिनुभयो ।

भट्टको घरबाट ३ लाख बीस हजार नगद सहित सुनका गहना सुनको औँठी , कानको बाली ,नाकको नथिया गरि करिब २ तोला बराबर सुनको गरगहना लगायत २ के जि घ्यू चोरी भएको समेत बताइएको छ।
चोरीमा सलग्न भएको आशकामा एकजना शङ्काष्पद ब्यक्ती लाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ। भने चोरीमा संग्लन ब्यक्ति हरुको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस