२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

मोहना लालझाडी सहकारी को नवनिर्मित भवनबाट सेवा सञ्चालन


  • २०७९ पौष ६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४१९ पाठक संख्या
  • पुनर्वास पौष ६ कञ्चनपुर को पुनर्वास नगरपालिका १० भिमबस्तिमा रहेको मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था ले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको छ ।
    संस्था को नवनिर्मित भवन को उद्घाटन हालै सम्पन्न प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सहकारी संघ सञ्चालक सदस्य तारालामा तामाङले गरेका थिए ।
    विगत १७ बर्ष भाडाको घरमा रहि संस्थागत कारोबार सञ्चालन गर्दै आएको सहकारीले गत दुई साता देखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह दिंदै आएको हो । १५ लाख रकम कञ्चनपुर स्थित कृषि ज्ञान केन्द्र द्वारा अनुदान सहयोग र बाँकी संस्था को लगानि गरि
    हालसम्म करिब ४१ लाख रकम लगानी भईसकेको र संस्था को भवन पुर्णतया सम्पन्न नभएपनि ४ कोठा एक ब्राण्डा को एकतले भवनबाट सेवा दिन सुरु गरिएको संस्था का व्यवस्थापक रमेश रानाले बताए ।
    २७४३ सेयर सदस्य सङ्ख्या रहेको सहकारी ले बचत सेवा ऋण कारोबार , रेमिटेन्स सेवा , बिजुली बिल तथा , खानेपानी बिल भुक्तानी सेवा , स्वरोजगारका फारम भरपदिने लगायत रसायनिक मलखाद सृवा समेत प्रदान गर्दै आएको संस्था कि अध्यक्ष प्रेमलता देवी गौतमले बताईन ।
    संस्थाले आफ्ना सेयर सदस्य लाई वित्तीय साक्षरता तालिम , बैंकिङ कारोबार कसरी गर्ने , बचत को महत्त्व का बिषयमा समेत जानकारीमूलक तालिम सञ्चालन गर्ने गरेको व्यवस्थापक रानाले बताए ।
    त्यो संगै स्वदेशमै केही नयाँ काम गर्न चाहने युवालाई शिपमुलक तालिम तथा सस्तोमा ऋण प्रवाह गरि उनिहरूलाई आर्थिक उन्नति तर्फ टेवा पुर्याउने कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गौतम बताउँछिन् ।
    संस्थाले आफ्नै भवनबाट सेवा दिन थालेपछि सेयर सदस्य हरू खुसी भएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट