२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २०औं बार्षिक साधारण सभा सम्पन्न


  • २०७९ पौष ५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७५३ पाठक संख्या
  • महेन्द्रनगर , पौष ५ नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    आज मंगलबार महेन्द्रनगरमा पत्रकार महासंघ शाखा कञ्चनपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा नेपाल पत्रकार महासंघका अगुवाले पत्रकार शुद्धिकरण गर्नुपर्नेमा जोड दिएका छन। कार्यक्रमको सभापति नेपाल पत्रकार महासङ कञ्चनपुर का अध्यक्ष माधब सिंह धामी प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मरराज जोशी,अतिथिमा ,कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल ,नेपाल पत्रकार महासङ सुदुरपस्चिम प्रदेशका अध्यक्ष योगेश रावल लगायत अग्रज पत्रकार चित्राङथापा, बिर बहादुर चन्द, हरि प्रशाद जोशी, डिआर पन्त, विष्णू अवस्थी, लक्ष्मण तिवारी, लक्ष्मी जोशी को सहभागिता रहेको थियो।
    कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मरराज जोशीले हरेक क्षेत्रलाई मार्यादित भएर उजागरमा जोडदिए । साधारण सभाबाट पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम संचालन गर्ने,र सदस्यता शुद्धिकरण गर्ने एजेण्डा पारित भएका छन ।
    नेपाल पत्रकार महासंघ शाखा सचिव राजेन्द्र प्रशाद अवस्थीले साँगठानिक बार्षिक प्रगति र कोषाध्यक्ष जयदेव जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष भवानी भट्टले गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य एव पत्रकारको सहभागिता रहेको थियो भने पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले संचालन गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट