माधब पौडेल ,पौष ३ कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्ति माध्यमिक बिधालय का पुर्ब विद्यार्थी समाजले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘गरिब तथा अन्याय बालबालिको सहयोगार्थ’ मुल नारा लिएर बेलौरीमा कृषि पर्यटन मेला तथा साँस्कृतिक महोत्सव हुने भएको हो। पुष ११ गतेदेखि पौष २० गते सम्म सञ्चालन गर्ने । तेस्रो बेलौरी खुला मञ्चमा कृषि पर्यटन मेला हुने भएको छ ।
महोत्सव मुल आयोजक समितिका संरक्षक प्रेम बहादुर थापाले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न व्यवसायिक १५० वटा स्टल राखिने छन । सुदूरपश्चिमको पहाडी थारु समुदायका मौलिक खानेपरिवारदेखि कृषि उत्पादित बस्तु तथा सेवा प्रर्दशन गरिनेछ । महोत्सवमा स्थानीय एव राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रम अन्तर बिधालय सास्कृतिक कार्यक्रम प्रस्तुत हुने समितिका संरक्षक थापाले बताउनुभयो ।
पुर्ब बिद्यार्थी समाजले बिगत देखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।महोत्सवबाट विपन्न जेहेन्दार विद्यार्थीको पढाईमा टेवा पुग्ने, दक्षिणी क्षेत्रको कृषि पर्यटनमा प्रर्बद्धन हुनेछ । पौष २०सम्म संचालन हुने महोत्सव हजारौं दर्शकबाट अवलोकन हुने अपेक्षा राखिएकोछ।
प्रतिक्रिया दिनुहोस