२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

महाकाली माध्यामिक बिद्यालय बेलौरीको स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न


  • २०७९ मंसिर २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • १०५२ पाठक संख्या
  • माधब पौडेल ,कञ्चनपुर,२७ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर स्थित श्री महाकाली माध्यमिक बिद्यालयले ५० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (स्वर्ण महोत्सव) एक समारोहका विच सम्पन्न भएको छ । मंगलबार श्री महाकाली माध्यमिक बिद्यालयले ५० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (स्वर्ण महोत्सव) एक समारोहका विच सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले बिद्यालयको ५० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (स्वर्ण महोत्सव) समारोहको भब्य कार्यक्रममा बिच उद्धघाटन गर्नुभएको छ । महाकाली माध्यमिक बिद्यालयको स्थापना २०२९ सालमा भएको थियो । महाकाली माध्यमिक बिद्यालय कञ्चनपुरको दक्षिणि क्षेत्रको पुरानो बिद्यालय पनि हो । महाकाली माध्यमिक बिद्यालयमा अहिले शिक्षा,ब्यवस्थापन,कानुन, विज्ञान संकाय तथा बौद्धिक अपांगता कक्षा पठनपाठन हुँदै आएको छ । कञ्चनपुरको दक्षिणि क्षेत्रको १ मात्र बिज्ञान संकाय र कानुन विषयको पठनपाठन महाकाली माध्यमिक बिद्यालयमा भईरहेको छ । शिक्षालाई आफ्नो जीवन सगं कसरी उपयोग गर्न सक्ने र पछिल्लो समयमा लागू औषध, आत्महत्या र दुर्घटना बढी रहेको हुदा यसलाई न्यूनीकरण गर्न बिद्यालयमा पाठयपुस्तकद्वारा पठनपाठन हुन सके यस्ता घटनामा कमि आउन सक्ने भएकाले बिद्यालयले त्यसलाई जोडदिनु पर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभयो ।

    स्वागत मन्तब्यका क्रममा कार्यक्रमका प्रमुख अतिथी तथा सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले बिद्यालयलाई यस्तो अवस्थामा पुर्याउननु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै स्वर्ण महोत्सवको अवसरमा अभिनन्दन गरेकोमा बिद्यालय परिवार प्रती कृतज्ञता प्रकट गर्नुभयो । प्रदेश प्रमुखको हैसियतले बिद्यालयलाई सक्दो सहयोग गर्ने पनि बताउनुभयो । आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक प्रतिबेदन एवं प्रगति विवरण बिद्यालयका प्रधानाध्यापक रमेश सिंह भण्डारीले प्रस्तुत गर्नुभएको थियो । हाल बिद्यालयमा ७ सय ३९ बिद्यार्थीहरु अध्ययनरत रहेको प्र अ भण्डारीले बताउनुभयो । कक्षा ९ र १० मा अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ, भने आगामी दिनमा आधारभुत तहमा पनि दुबै माध्यम बाट पठनपाठन गराउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले बिद्यालयको बिकासका निमित्त आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने र ५० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (स्वर्ण महोत्सव) मनाउदै गर्दा उत्तरोउत्तर प्रगतीको शुभकामना ब्यक्त गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशीलाई बिद्यालयले ५० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (स्वर्ण महोत्सव) को अवसरमा अभिनन्दन गरिएको थियो । बिद्यालयका सस्थापक अध्यक्ष द्वारीका राना, पुर्ब राज्यमन्त्री कुलविर चौधरी, नगरप्रमुख पोतिलाल चौधरी, पुनर्वासका नगर प्रमुख तोया प्रसाद शर्मा, बेलौरी नगरपालिकाका १० वडाका अध्यक्ष, बिद्यालयका पुर्व ब्यवस्थापन समितीका अध्यक्ष,पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

    कार्यक्रमको सभापतित्व महाकाली माध्यामिक बिधालयका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम सिंह बोहरा, प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, बिशिष्ट अतिथिमा प्रदेश सभा सदस्य कञ्चनपुर क्षेत्र नम्बर १ को १ का माननीय वीर बहादुर थापा, पुर्ब सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्यमन्त्री कुलबिर चौधरी प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा ,महाकाली माध्यमिक बिधालयका प्रधानाध्यापक रमेश सिंह भण्डारी,शिक्षक अभिभावक संघ का अध्यक्ष सुब्बा श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार चौधरी,सशस्त्र प्रहरी बल शैलेश्वरी गणका प्रमुख अमर बहादुर ऐर,बेलौरी नगरपालिका अन्तर्गत १० वडाका वडाध्यक्ष बेलौरी नगरपालिका भित्र रहेका बिद्यालयका प्रधानाध्यापक,बेलौरी नगरपालिका शिक्षा शाखाका प्रमुख देव बहादुर चन्द,पुर्ब प्रधानाध्यापक,पुर्ब शिक्षक बिद्यार्थी अभिभावक तथा स्थानिय पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । बिद्यार्थिहरुले झाकी तथा विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गरेका छन । कार्यक्रमको स्वागत मन्तब्य महाकाली माध्यमिक बिद्यालयका शिक्षक सुरेन्द्र भण्डारीले गर्नुभएको थियो भने कार्यक्रममको सञ्चालन बिद्यालयका शिक्षक बिमल चन्दले गर्नुभएको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट