२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

नवनिर्वाचित प्रदेश सभा सदस्य तथा जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना


  • २०७९ मंसिर २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • १२६९ पाठक संख्या
  • कञ्चनपुर,२६ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको मोतिबस्ती अमरैया स्थानीय आध्यात्मिक सभाद्वारा सोमबार नेकपा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित वीर बहादुर थापालाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको स्वागत मतब्य हेमन्त प्रकाश बुढाले गर्नुभएको थियो । कार्यक्रम बोल्दै बिशिस्ट अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्माले आध्यात्मिक मंचलाई उतरोत्तर प्रगतिको कामना गर्दै सम्मानित गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य वीर बहादुर थापाले मतदान गरि यस क्षेत्रमा निर्वाचित गरिदिनु भएकोमा सम्पुर्ण मतदाता ज्यु हरु लाई धन्यवाद ज्ञापन गर्दै समुन्नत समाज निर्माणमा लाग्नुपर्ने जोड दिदै, सामाजिक काम हातेमालो गरि अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमको सभापतित्व आध्यात्मिक सभाका प्रमुख यमप्रसाद आचार्य, प्रमुख अतिथी प्रदेश सभा सदस्य वीर बहादुर थापा, बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा,पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना, पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरि शिक्षा शाखाका प्रमुख शिबराज भट्ट, रहनुभएको थियो । यस्तै पुनर्वास नगरपालिकाका ११ ओटा वडाध्यक्ष,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख नरेश मल्ल लगायत स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रामसाय रानाले गर्नुभएको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट