२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

लालझाडी गाउँपालिका अध्यक्ष रानाका छोरा मृत अवस्थामा फेला


  • २०७९ मंसिर २६, सोमबार मा प्रकाशित २ साल अघि
  • ७५० पाठक संख्या
  • लालझाडी ,२६ मङ्सिर कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा फेला परेका छन्।अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना सोमबार दिउँसो लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
    इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ।
    भण्डारीका अनुसार राना एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ। घटना बारे प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट