२०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

अभियान लघुबित्त बित्तीय संस्था द्वारा बिमा रकम भुक्तानी


  • २०७९ मंसिर २६, सोमबार मा प्रकाशित २ साल अघि
  • ७६३ पाठक संख्या
  • पुनर्वास ,२६ मङ्सिर कञ्चनपुरको पुनर्वासमा रहेको अभियान लघुबित्त बित्तीय संस्थाले बिमितलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । आइतबार पुनर्वास नगरपालिका वडा नं २ अम्रैया निवासि मृतक चन्द्रा देवी सुनारका श्रीमान विर वहादुर सुनारकालाई बिमा रकम हस्तान्तरण गरिएको हाे ।
    जीवन बिमा कम्पनीले मृतकका परिवारलाई १ लाख ४२ हजार पाँच सय रुपैया हस्तान्तरण गरेको हाे । एक औपचारिक कार्यक्रमका बिच अभियान लघुबित्त बित्तीय संस्था भुरिगाउ अनुगमन कार्यालय अन्तर्गतका अनुगमन अधिकृत लोक नाथ योगि तथा शाखा कर्यालय आई.बि.आर.डि का शाखा प्रबन्धक यशोदा थापाले संयुुक्त रुपमा बिमा रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा विभिन्न केन्द्र का सदस्यहरु को समेत सहभागिता रहेको ।
    संस्थाले स्थापना कालदेखिनै सामाजिक हितका निम्ती काम गर्दै आइरहेको छ। कंचनपुर जिल्लामा पुर्नवास नगरपालिका ११ओटै वडा र लालछाडी गाउँपालिकामा पनि संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ।
    साथै संस्थाले आफ्नो हरेक बार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट र उद्धमी सदस्यलाइ प्रोत्साहित गर्नको निम्ती सम्मान गर्ने गरेको शाखा प्रमुख यसोदा थापाले बताउनुभयो। संस्थाको स्थापना २०७७ सालमा भएको थियो । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ।नेपाल रास्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त यस संस्थाले हाल २२ जिल्लामा ६० वटा शाखा बनाइ काम गर्दै आइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट