२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

शारदा माध्यमिक बिधालय बिद्यानगरको ६१ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न


  • २०७९ मंसिर २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६३० पाठक संख्या
  • बेलौरी ,२२ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ०६ विध्यानगर स्थित श्री शारदा माध्यमिक बिद्यालयको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरि महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशिले ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै सम्पन्न भएको हो । ६१ औं वार्षिकउत्सव तथा अभिभावक दिवसमा बिद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद तिवारीले आर्थिक बर्ष ७८÷७९ को आयव्यय, भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको सभापतिमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि सिह बिष्ट,प्रमुख अतिथिमा महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशी,बिशिष्ट अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर ०६ का अध्यक्ष भोजराज चौधरी,बेलौरी नगरपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक अमित प्रसाद भट्ट,बिष्णु प्रसाद तिवारी रहनु भएको थियो । यस्तै बेलौरी नगरपालिका वडा नम्बर ०६ का वडा सदस्य नारायण प्रसाद जोशी,महिला सदस्य, अभिभावक, बिद्यार्थिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक अमर बहादुर बिष्ट र शिक्षिका जयन्ती पन्तले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट