२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

कुखुरा व्यवसायीद्वारा पत्रकार सम्मेलनको आयोजना


  • २०७९ मंसिर १८, आईतबार मा प्रकाशित १ साल अघि
  • ३१९ पाठक संख्या
  • पुनर्वास, १८ मङ्सिर, कञ्चनपुरको पुनर्वासमा कुखुरा व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन । सम्मेलनमा पुनर्वास- बेलौरीका कुखुरा व्यवसायी तथा सुरक्षा निकायहरुको उपस्थिति रहेको थियोे । शनिबार पत्रकार सम्मेलन गर्दै भारतबाट आउने अवैध कुखुराका कारण पुनर्वास-बेलौरीका कुखुरा व्यवसायी धराशायी भईरहेकाले यसतर्फ सुरक्षा निकाय र पुनर्वास नगरपालिकाले कडा कदम चाल्न कुखुरा व्यवसायीहरुले माग गरेका थिए । सम्मेलनमा तस्करीलाई नियन्त्रण गर्न सिमानामा रहेका बिओपी क्याम्प तथा ईलाका प्रहरी कार्यालयका तर्फबाट कडाईका साथ नियन्त्रण गर्ने साथै पुनर्वास नगरपालिका भित्र पर्ने बजारमा कुखुरा तथा माछा पसलहरुमा नगरपालिकाद्वारा नियमित रुपमा अनुगमन गरी नियन्त्रण गर्नुपर्ने कुखुरा व्यवसायीहरुले माग राखेका थिए । सुरक्षाकर्मीहरुले आफूहरूले जनशक्तिले भ्याएसम्म अवैध सामान आउन रोकिरहेको बताएका थिए ।
    पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले सबैले आआफ्नो तर्फबाट सक्दो प्रयास गरे असम्भव कुनै कुरा नभएको बताउनुभयो । त्यसैगरी ईप्रका त्रिभुवन बस्तीका ईञ्चार्ज नरेश मल्लले सबैको सहयोग पाए तस्करहरुलाई हदैसम्मको कानूनी कार्वाही गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
    पुनर्वास नगरपालिकाका भारतीय सिमावर्ति क्षेत्रबाट दैनिक लाखौं मूल्यका अवैध कुखुरा, माछा तथा पेय पदार्थ भित्रीने गरेको छ । तर पुनर्वासका सुरक्षा निकायहरुले प्रभावकारी तरीकाले रोक्न असमर्थ भएका छ्न । स्थानीयले सुरक्षाकर्मी र तस्करको मिलेमतोमा कुखुरा, माछा तथा अवैध सामान भित्रीने गरेको आरोप लगाउँदै आएका छ्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट