२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बेलौरीमा शिक्षकहरूलाई लागु औषध नियन्त्रण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • २०७९ कार्तिक १, मंगलबार मा प्रकाशित २ साल अघि
  • २२२ पाठक संख्या
  •  

    माधब पौडेल , कञ्चनपुर, ०१ कार्तिक । कञ्चनपुरको बेलौरीमा लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बेलौरी क्षेत्र भित्रका माध्यमिक विद्यालयमा कार्यरत स्वास्थ्य शिक्षा विषय शिक्षकहरूका लागि लागु औषध नियन्त्रण तथा रोकथाम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा शाखाका प्राविधिक सहायक अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।
    मंगलबार दिउँसो साबिक बेलौरी स्रोत केन्द्र भवनमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी निरीक्षक भण्डारीले लागू औषध तथा मदिराको पछिल्लो अवस्था, प्रयोगकर्ताको तथ्याङ्क, असर, रोकथाम र नियन्त्रणका उपाय, नियन्त्रणमा देखिएका समस्या तथा चुनौती र विडम्बनाका सन्दर्भमा प्रकाश पार्नुभयो । सोही कार्यक्रममा लागु औषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्द, नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य प्रेमसिंह ठगुन्ना, सिद्धेश्वर जय पृथ्वी क्लबका अध्यक्ष पदम बहादुर शाहले लागु औषध नियन्त्रण सम्बन्धी गरिरहेका गतिविधि र आआफ्ना अनुभव सुनाउनु भयो ।
    बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकको सभापतित्व तथा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बेलौरी नगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरू, लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशील सामाजिक सङ्घसंस्थाहरू र सञ्चारमाध्यमका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख जोगराम चौधरीले शिक्षकहरूको माध्यमबाट विद्यार्थीहरूलाई लागु औषध र यसको असरबारे सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, बेलौरीका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रमबाट प्राप्त जानकारी विद्यालय मार्फत अन्य शिक्षक, विद्यार्थी र अभिभावकसम्म पुर्‍याउन अनुरोध गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट