माधब पौडेल कञ्चनपुर, ०१ कार्तिक । कञ्चनपुरको बेलौरीमा मोटरसाइकल र गोरु गाडा एकापसमा ठोक्किई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ५ मैनाहा चोकमा मंगलबार साँझ सु प प्र ०१–००११ प २४३२ नम्बरको मोटरसाइकल र गोरु गाडा एकापसमा ठोक्किँदा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ बल्मी बस्ने ३० वर्षीय रमेश रानाको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार १७ वर्षीय रोशन राना घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि ईशान मेमोरियल अस्पताल बेलौरीबाट धनगढी रेफर गरिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस