कञ्चनपुर,२७ असोज । आगामि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पूर्वतयारीका गर्न कञ्चनपुर क्षेत्र नं. १ को लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त बैठक बिहीबार पुनर्वासमा सम्पन्न भएको छ । गठबन्धनका सबै उमेद्वारलाई अत्यधिक बहुमतका साथ विजय गराउन मिलेर लाग्नु पर्ने सहभागी नेता कार्यकर्ताले बताएका छन । गठबन्धनले निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । प्रचारका लागि पार्टीका सबै भातृ संगठनलाई समेत परिचालन गर्ने निर्णय गरिएको छ । कार्यक्रममा बोल्दै पुर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बीना मगरले संविधान रक्षाका लागि गठबन्धनको विजय हुन अनिवार्य रहेको बताउनु भयो । त्यसैगरी संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता दिवान सिँह बिष्टले एकजुट भएर जानुको बिकल्प नरहेको बताउनु भयो । गठबन्धनलाई घात हुने किसिमका कुनै पनि गतिबिधि नगर्न सम्पूर्ण नेताकार्यकर्तामा आग्रह समेत गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस