२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

कञ्चनपुरको ३ वटै क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना


  • २०७९ आश्विन २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६२० पाठक संख्या
  • माधब पौडेल २० असोज कंचनपुरको निर्वाचन क्षेत्र न.१ को बेलौरी नगरपालिकामा आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभासदस्य निर्वाचन का लागी बिहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले बताउनुभयो । कार्यालय स्थापनामा बेलौरी नगरपालिकाका प्रमुख प्राशासकिय अधिकृत नर बहादुर बि. क लगायत कर्मचारी,सुरक्षाकर्मीको उपस्थिति रहेको अधिकृत नेपालले जानकारी गराउनुभयो। कंचनपुरका ३ वटा क्षेत्रमा निर्वाचनमा कार्यालय स्थापना भएको छ। प्रत्येक क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएपछि उम्मेदवार लगायत नेता कार्यकर्ताहरुलाई समेत केही सहज हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट